मूल्यवृद्धि अनुसार नै यातायातमा भाडादर बढाएकाे हाे : गृहमन्त्री

| 2018 Sep 30 | 03:43 pm 2153

विराटनगर , असोज १४ : गृहमन्त्री रामबहादुर थापा बादलले देश बिखण्डनको अभियानमा लागेका व्यक्ति र समूहलाई कारबाही भइरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार मन्त्री बादलले देश टुक्र्याउँछु भन्नेहरू राष्ट्रघाती भएको बताउँदै उनीहरूमाथि गरिरहेको बताएका छन्।उनले भने, ‘मुलुकलाई टुक्र्याउने अभियानमा लागेका जो कसैलाई पनि सरकारकाले प्रचलित ऐन, कानुन अनुसार कारबाही गर्छ।’

सरकार मुलुकको रक्षा र स्वाधिनतामा आँच आउन नदिने उनको भनाइ थियो। उनले भने, ‘अहिलेको सरकार मुलुकको रक्षा, स्वधिनताको पक्षमा छ, देश टुक्र्याउने कुरा कुनैपनि हालतमा स्वीकार्य हुँदैन, कानुनी कारबाही हुन्छ।’ विगत ६ महिनायता साम्प्रदायीक दंगा फैलाउने र देशमा अशान्ति फैलाउनेलाई कारबाही गरिरहेको मन्त्री थापाले बताएका छन्।

उनले विगतमा जस्तो विष्फोटनका घटना कम भएको दाबी गरे। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बारेमा गृहमन्त्री थापाले उच्चस्तरीय छानबिन आयोगले प्रतिवेदन दिएको र घटनाको नयाँ ढंगले अनुसन्धान सुरु गरिएको जानकारी दिए।

आफू र सरकारविरुद्ध पराजित भएका शक्तिहरूले घेराबन्दी गरेको भन्दै उनले असन्तुष्टी पोखे। यातायातको सिण्डिकेट हटेको भएपनि व्यवस्थित गर्न भने नसकिएको थापाले बताएका छन्।

त्यस्तै, मूल्यवृद्धि अनुसार नै यातायातमा भाडादर १० प्रतिशत बढाएको बताउँदै उनले सरकारले राम्रा काम गरिरहेको कारण विभिन्न नाममा षड्यन्त्र भइरहेको पनि बताए। गहमन्त्री थापा केही दिन अघि हत्या गरिएका सुनसरीको हरिनगराका खुर्शिद आलम अन्सारीका परिवारलाई भेट्न सुनसरी आएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.