एजेन्सी- अमेरिकामा मध्यावधिक निर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ। प्राय: अधिकांश क्षेत्रमा मतदान अन्तिम चरणमा पुगेको छ। केही राज्यमा मतदानको समय सकिएको छ।
विगत दुई वर्षदेखि सत्तामा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पको परीक्षणका रुपमा लिइएको मध्यावधिक चुनावमा दुई वर्षअघिको भन्दा बढी उत्साह देखिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।
सिनेटका १०० मध्ये खाली रहेका ३५ तथा तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभ अर्थत कांग्रेसका ४३५ सिटका लागि चुनाव भइरहेको हो । यस्तै ५० मध्ये ३६ राज्यका गभर्नर तथा स्थानीय जनप्रतिनिधि चयनका लाग पनि चुनाव भइरहेको हो ।

ट्रम्पको कामको जनमत संग्रहको रुपमा हेरिएको चुनावमा डेमोक्र्याटिक पार्टी अघि आउने र ट्रम्पको पार्टी रिपब्लिकनलाई धक्का लाग्ने अमेरिकी सञ्चार माध्यमले गरेका एक्जिट पोलले दाबी गरेका छन् । स्वतन्त्रसहित सिनेटमा अहिले डेमोक्र्याटिकका ३१ सदस्य छन् भने रिपब्लिकनका ४२ सदस्य रहेका छन् ।
यता, कांग्रेसमा बहुमत ल्याउन डेमोक्र्याटिकले यसअघिले आफूले जितेकासहित रिपब्लिकनले जितेका कम्तिमा २३ सिटमा जित हासिल गर्नु पर्नेछ। किनकी सिनेटमा बुहमतका लागि यसअघि आफूले जितेकासहित रिपब्लिकनले जितको कम्तिमा दुई सिट पनि जित्नुपर्नेछ।