७८ लाख घुस लिने पूर्वआयुक्त पाठकमाथि अख्तियारले छानबिन सुरु गर्‍याे

| 2019 Feb 19 | 03:27 pm 980

काठमाडौं, फागुन ७ : ७८ लाख घुस लिएकाे गम्भीर आराेप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धमाथि अख्तियारले नै छानबिन सुरु गरेकाे छ । अख्तियारले सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर आयोगले नै छानबिन सुरु गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अख्तियार पाठकमाथि छानबिन सुुरु गरेको हो बताइएकाे छ । साेमबार महान्यायाधिवत्ताको कार्यालयले पाठकमाथि अख्तियारले छानबिन गर्न सक्ने राय दिएको थियो ।

घुसकाण्डमा मुछिएपछि पाठकले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनीमाथि संसदमा महाभियाेग लाउनेसम्मकाे कुरा उठेकाे थियाे तर महाभियाेगबाट बच्न हतारमा राजीनामा दिएका हुन् ।

पाठकले भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका स्वामित्व विवादको विषयमा कलेज सञ्चालक समितिमा अध्यक्ष लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस खाएका थिए ।

संघ-संस्था ऐनअन्तर्गत दर्ता भएको सो कलेजलाई हत्याउन न्यौपानेले सोही नामको निजी कम्पनी स्थापना गरेका थिए । सो विवाद अख्तियार पुगेपछि आयुक्त पाठकले न्यौपानेसँग विवाद मिलाउने भन्दै दुई पटक गरी सो घुसको रकम लिएकाे उनी आफैले स्वीकार गरेकाे भिडियाे बाहिर अाएकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.