श्रीलंका बम विस्फोटको घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

| 2019 Apr 21 | 04:12 pm 1334

काठमाडौं, वैशाख ८ :  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएका डेढ सय सर्वसाधारणको ज्यान जानेगरी भएको श्रृंखलाबद्ध बम विस्‍फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन्। आइतबार बिहान श्रीलंकाको राजधानी कोलम्बोलगायत देशका विभिन्न ठाउँमा भएका बम विस्‍फोटनको घटनालाई लिएर प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत दुःख व्यक्त गरेका हुन्।

निर्दोष सर्वसाधारणको मृत्यु हुनेगरी भएका श्रृंखलाबद्ध बम आक्रमणले अत्यत्न दुखित बनाएको उनले उल्लेख गरेका छन्। उनले मृतकका आफन्तप्रति गहिरो समवेदन व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। आइतबार बिहान श्रीलंकाको राजधानीलगायत ६ स्थानमा बम विस्फोट १५६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराले उल्लेख गरेको छ।

समाचारम जनाइएअनुसार २२० जना घाइते भएका छन्। घाइतेहरूको कोलम्बो जनरल अस्पताललगयात अन्य अस्पतामा भर्ना गरिएको छ। शनिबार बिहान कोलम्बोको प्रतिष्ठित होटल सांग्रिला, सिनमन ग्रान्ड र किंगसबरी होटलमा र पूर्वी क्षेत्र बाटिकोलोवा नगरको एउटासहित तीनवटा गिर्जाघर ९चर्च०मा विष्फोट गरिएको थियो। इसाइहरूको पर्व इस्टरको प्रार्थनाका लागि जम्मा भएका मानिसहरूलाई लक्षित गरि बम विष्फोट गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.