विप्लव सात कार्यकर्ता बिभिन्न जिल्ला बाट पक्राउ

| 2019 Jun 25 | 01:09 pm 2939

 

काठमांडू १० / नेत्र बिक्रम चंदा ( बिप्लब) ले नेतृत्व गरेको नेकपाल आवाहन गरेको नेपाल बंद क्रममा देशका बिभिन्न ठाउमा बम बिस्फोट हुनुका साथै थुप्रै ठाउमा सेनाले बम डिस्पोज गरे को छ । बन्दकर्ताले कवासोति नगरपालिकाका उपमेयर घरमा कुकरबम राखिएको थियो। नेपाल प्रहरीका प्रबक्ता डीआईजी बिस्वाराज पोखरेलका अनुसार ३ ठाउँमा सकेटबम र ४ ठाउँमा प्रेसर कुकर बम निष्क्रिय पारिएको छ।
अर्घाखाँचीमाँ सुतली, कैलालीमा टाइमबम र झापामा आरसीआईडी बम निष्क्रिय पारिएको छ। सम्भाब्य घटनालाई मध्यनजर राख्दै देशभरको सुरक्षा कड़ा बनाइएको छ । बन्दका क्रममा प्रहरीले बिभिन्न जिल्लाबाट ७ जनालाई पक्राउ गरेकोछ । काठमांडूको सुकेधारामा बा २ ज ३८१७ नम्बरको ट्याक्सी चेकजाँचको क्रममा प्रचार सामाग्री सहित भागिराज राईलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अन्य जिल्लाहरुमा कास्की बाट एक जना, मकवानपुर बाट एक जना रुकुमपश्चिम बाट ४ जनालाई पक्राउ गरिएको छ। देसका बिभिन्न २० ठाउमाँ शंकास्पद बस्तु समेत फेला पारिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.