प्रकाशको निधनले राष्ट्रलाई नै क्षति : प्रधानमन्त्री ओली

| 2018 Nov 19 | 06:32 pm 3269

काठमाडौं, मंसिर ३ :  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको निधन भएको एक वर्ष पुगेको अवसरमा दाहाल निवास खुमलटारमा आयोजित स्मृति सभामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु सजिलो छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न मानिसका विभिन्न माग,आक्रोस सुनेर त्यसको निरुपण पनि गरिदिनु पर्ने हुन्छ । तर त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूवर्क व्यवस्थापन गरेका थिए ।’

प्रकाश दाहालको मृत्यूको खबर आफूले चुनावी दौडानमा भएका बखत आफ्नै निर्वाचन क्षेत्र झापामा सुनेको प्रधानमन्त्रीले स्मरण गरे । प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले दाहाल परिवार, पार्टी र राष्ट्रलाई नै क्षति पुगेको प्रधानमन्त्री ओलीको धारणा थियो ।

‘उमेर, अपेक्षा, समय बाँकी हुँदै भएको निधन धेरै पिडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणी छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.