आवश्यक परे नेपालमै पेट्रोल खानी पनि उत्खनन् गर्छाैँ : प्रधानमन्त्री ओली

| 2019 Apr 11 | 06:19 pm 1620

काठमाडौं, चैत  २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माण गर्नका लागि आवश्यक परेमा पेट्रोल खानी पनि उत्खनन् गर्ने बताएका छन्। बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निज पदार्थको उत्खनन् गर्न सुरु गरिसके जानकारी दिँदै आवश्यक परे पेट्रोल खानी पनि उत्खनन् गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विपक्षीले विकास गर्नलाई जति अबरोध गरेपनि विकास गरेरै छाड्ने बताए। उनले भने, ‘हामी आउनु भन्दा अगाडि मुलुक भताभङ्ग भएको थियो, हामी आएपछि सिस्टम बसालेका छौं, नयाँ ढंगबाट काम गरिरहेका छौं, नयाँ सोचका साथ हरेक क्षेत्रमा परिवर्तन गर्ने र देशलाई सम्बृद्धीको बाटो लैजाने हाम्रो योजना हो।’

बेसाहाराको सहारा नै राज्य भन्दै उनले भने, ‘मुलुकमा कसैले पनि अब गरिब हुनु पर्ने छैन, ‘बेसाहाराको सहारा नै राज्य हो, सडकमा बेसाहारा भएर हिँडेकाहरुलाई सरकारले उद्धार गर्छ र जिम्मेवारी लिन्छ।’

मुलुक निर्माणको आधा भाग नै निजी क्षेत्र (उद्योग वाणिज्य महासंघ)बाट भएको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने, ‘उद्योगीहरुलाई अवसर, अधिकार, सहुलियत दिन सरकार प्रतिवद्ध छ। उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानूनी व्यवस्था गर्न सरकार तयार छ।’

फरक प्रशंगमा उनले विद्युतीय गाडी स्थापना गरिरहेको जानकारी दिँदै त्यसमा सहयोगका लागि उद्योगी व्यवसायीहरुलाई आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.