होटलमा यौन धन्दा गर्ने पाँच पक्राउ

रिपोर्ट नेपाल | 2019 May 20 | 02:48 pm 6409

संखुवासभा, जेठ  ६ :  संखुवासभाको सदरमुकाम खाँदबारीको एक होटलबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा प्रहरीले होटल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

पक्राउ पर्नेहरूमा दुईजना पुरुष र तीनजना महिलालाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई सदरमुकाम खाँदबारीको जस्मिन होटलबाट अनैतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ।

रातको समयमा होटलभित्र अनैतिक क्रियाकलाप गरेको आरोपमा होटल सञ्‍चालकलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ परेका पाँचैजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.