सन्दीप लामिछानेको गृहजिल्लामा विश्वलाई चकित पार्ने रङ्गशाला बनाउछौँ : रेणु दाहाल

| 2019 Feb 03 | 04:57 pm 2948

चितवन, माघ २० : भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेको गृहजिल्लामा विश्वलाई चकित पार्ने क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता जनाएकी छिन् । आइतबार ‘धुर्मुस-सन्तुली’ फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सो प्रतिबद्धता जनाएकी हुन् ।

उनले अब नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय खेलाडीहरूसँग आफ्नै रङ्गशालामा खेल्ने बताइन् । उनले भनिन् ‘यति बेला यही जिल्लाका छोरा सन्दीप यूएई क्रिकेट मैदानमा छन्, उनी अब अन्तर्राष्ट्रिय खेलाडीहरूसँग हाम्रै रङ्गशालामा देख्नेछौँ’ ‘ सबै सहयोगी बनौँ, हाम्रो ठाउँमा विश्वकै नमुना क्रिकेट रङ्गशाला यही बन्छ ।’

उनले सरकारले देशको लागि राम्रो काम गर्ने फाउण्डेसनलाई काम गर्ने अवसर दिएको पनि बताए । उनले भनिन्, ‘सरकार निकम्वा भएकाे होइन, राम्रो काम गर्ने फाउण्डेलाई काम गर्ने अवसर दिएका छौँ’

यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घाेषणापछि नकारात्मक टिप्पणी आएको बताउँदै भनिन्, ‘नकारात्मक टिप्पणीले कतै पुग्दैन, सकारात्मक सोचले रङ्गशाला बन्छ, हामी सबै सकारात्मक सोच लिएर अघि बढौँ ।’

उनले रङ्गशाला निर्माणको काम शूरु नहुँदै केही व्यक्तिले नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरूको कुरा नसुन्न चितवनवासीलाई आग्रह गरिन । ‘सही उद्देश्य बोकेर जनताको भलो हुने काममा हामीले हातेमालो गर्नु पर्दछ’ उनले भनिन् ‘भारतपुरबाट खुसी सन्देश देशवासी र अन्तर्राष्ट्रिय समुदायलाई दिऊँ ।’

कलाकारिताबाट समाजसेवामा लागेका चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भरतपुरमा भव्य स्वागत गरिएको थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.