Workshop Truck हस्तान्तरण कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2021 Nov 25 | 06:01 pm 145

काठमाडाैं, मंसिर ९ः मिति २०७५ मंसिर २८ गते काठमाण्डौमा सम्पन्न भएको नेपाल-भारत द्विपक्षीय परामर्श समूह (Nepal-India Bilateral Consultative Group on Security Issues- NIBCGSI) को १३ औं बैठकमा सहमती भए बमोजिम आज मिति २०७८ मंसिर ०९ गते जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप उपलब्ध गराएको Workshop Truck गोटा-५ (पाँच) हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

मित्रराष्ट्र भारतका सैनिक सहचारी Colonel Amit Sharma ले श्री हतियार तथा नियन्‍त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई Workshop Trucks हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुद एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको अप्रेशनल क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.