कविता
प्राकृतिक बिपतिले दु:ख निम्त्याईदियो।
घरबार सम्पति सयौंको ज्यान लिईदियो।।
आफ्नालाई गुमाउँदाको पिडा बढि हुन्छ।
खबर सुन्दा दुनियाँको आखाँ रसाईदियो।।
मलमपट्टि लाउन सहयोग गर्नुपर्छ सबैले।
सरकारले राहातको महसुस दिलाईदियो।।
एकजुट हुनुपर्दछ आपत परेको समयमा।
सहयोगि मन भएकाले ढुक्क बनाईदियो।।
आउनोस हातेमालो गरौं असल हृदयसँग।
परिस्थितिको मनन गर्न बाध्य बनाईदियो।।
अप्ठ्यारो समयलाई सामना गर्नुछ हाम्ले।
तयारी पहिले नै हुनुपर्ने पाठ सिकाईदियो।।