पौडी खेल्न गएका दुई बालकको पोखरीमा डुबेर मृत्यु

रिपोर्ट नेपाल | 2022 Jun 25 | 04:25 pm 1133

धनकुटा, असार ११ः धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका ५ का १५ वर्षीय स्वर्णिम राई र धनकुटा नगरपालिका २ का १५ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

धनकुटा नगरपालिका–६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर  शनिबार दिउँसो उनीहरुको मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा पोखरीमा डुबेरका दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घरबाट स्वर्णिम र उदयसँगै गएका धनकुटा नगरपालिका ५ का सन्देश राईको भने उद्धार भएको छ।

घरबाट बिहान निस्केका उनीहरु हिँड्दै ११ बजे पोखरीमा पुगेको र पौडी खेल्ने क्रममा हराएपछि पोखरीमा खोजी गर्नेक्रममा डुविरहेका दुवैलाई निकालिएको थियो।

पोखरीबाट निकालेर उपचारको लागि धनकुटा अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.