काठमाडौं, जेठ ७: पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या बारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो( सिआइबी)बाट एसपी उमाप्रसाद चतुर्देवीको नेतृत्वमा एक टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
मिक्लाजुङ गाउँपालिका ३ आरुबोट भन्ने ठाउँमा नौ जनाको विभत्स हत्या भएको थियो । घटना घटे लगत्तै १ नम्बर प्रदेशका प्रहरी नायब महानिरीक्षक केदार रिजाल घटनास्थलमा पुगिसकेका छन् । गए राति धनराज शेर्मा र बमबहादुर फियाकको परिवारका नौ जनाको हत्या भएको थियो ।