नेपाली सेनाको टोलीबाट आमादब्लम हिमालको सफल आरोहण

| 2021 May 13 | 04:03 pm 1365

काठमाडाैं, बैशाख ३०ः सफा हिमाल अभियान-२०२१ को दौरान High Camp को फोहोर संकलन गर्ने क्रममा नेपाली सेनाका सह सेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङ्ग सहित फुरी ग्याल्जेन शेर्पा र पासाङ्ग तेन्जी शर्पा सहितको  बिहीबार ६,८१२ मिटर अग्लो आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।

यही बैशाख १२ गतेबाट नेपाली सेनाले सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ संचालित सो अभियान अन्तर्गत उक्त टोली हिजो राती आमादब्लमको Camp-II बाट हिमालको चुचुरोतर्फ प्रस्थान गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.