गुल्मीको पीपलधारामा हरी उदाउँदै

| 2022 Apr 21 | 04:14 pm 3941

गुल्मी, बैशाख ८ः २०३६ सालको विद्यार्थी आन्दोलनदेखि अनवरत सकृय रहेका नेपाली कांग्रेसका नेता हरी बहादुर थापा पहिलो पटक नेपाली कांग्रेसको तर्फबाट धुर्कोट गाउँपालिकाको वडा नं. २ पीपलधाराबाट वडा अध्यक्षको उम्मेदवार रहेका छन् ।

सदरमुकाम तमघासमा रहेको रेसुङ्गा क्याम्पसमा अध्ययन गर्दा तत्कालिन पंचायती व्यवस्थाका प्रहरी प्रशासनको आँखाको कसिंगर बन्ने गरेको पुराना कांग्रेस समर्थक बताउँछन् । थापाले पंचायती शासनमा समेत नेविसंघको सकृय राजनीति मात्र गरेनन् कि उनले संगठन गाउँगाउँमा समेत गरेका थिए ।

बहुदलीय व्यवस्था प्राप्त भएको तीन दशक नाघेपछि कांग्रेसले बल्ल मुल्याङ्कन गरेको कार्यकर्ता बताउँछन् । गाउँका थुप्रै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थापाको उम्मेदवारीले पीपलधारा बासीले खुसी मनाएको पूर्व वडा अध्यक्ष नवीन जिसीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.