३० वर्षे क्रिकेट जिवनबाट एबी डिभिलियर्सको सन्यास

रिपोर्ट नेपाल | 2018 May 23 | 02:39 am 2672

काठमाडौं: दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्स एक मात्र यस्ता कप्तान हुन् जसले आफनो एकदिवसीय करियरमा ५० पारीमा ५० भन्दा माथिको औसत तथा १०० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् ।

भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले पनि एबी डिभिलियर्सको नजिक पुग्दै ४२ पारीमा ५० भन्दा माथिको औसत तथा १०० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् ।

डिभिलियर्सको न्यूनतम ४० बलको ओडीआईको सर्वाधिक छिटो इनिङ र न्यूनतम १०० बलको टेस्टको इनिङको स्ट्राइक रेटको अन्तर ३२४.१५ रहेको छ । यो आँकडा अन्य ब्याट्सम्यानहरुको तुलनामा सर्वोत्कृष्ट हो ।

सन् २०१५ मा वेष्ट इन्डिजविरुद्धको खेलमा ४४ बलमा १४९ रन बनाउँदा उनको स्ट्राइक रेट ३३८.६३ थियो । जबकी उनले भारत विरुद्धको २०१५ को टेस्ठटमा २९७ बलमा केबल ४३ रन बनाएका थिए जसको स्ट्राइक रेट १४.४८ रहेको थियो ।

४ नम्बर वा त्यो भन्दा अगाडि ब्याटिङ गर्न आउँदा डिभिलियर्सले सर्वोत्कृष्ट २१ ओडीआई शतक बनाएका छन् । हालसम्म ओडीआइको सर्वाधिक छिटो शतक ३१ बलको रहेको छ जुन डिभिलियर्सले वेष्ट इन्डिजविरुद्ध बनाएका थिए । १६ बलमा बनेको अर्धशतक तथा ६४ बलको १५० रनको रेकर्ड पनि डिभिलियर्सकै नाममा छ । टेस्ट तथा ओडीआईमा ५० भन्दा माथिको स्ट्राइक रेटमा ५००० भन्दा माथि रन बनाउने विश्वका दुई मात्र ब्याट्सम्यानमा विराट कोहली र एबी डिभिलियर्स पर्छन् ।

एबी डिभिलियर्स एक मात्र विकेटकीपर ब्याट्सम्यान हुन् जसले टेस्टमा १० भन्दा बढी खेलाडीलाई आउट पार्दै शतक पनि बनाएका थिए । उनले सन् २०१३ मा पाकिस्तान विरुद्ध यस्तो चामत्कारिक खेल देखाएका थिए ।

सन् २००८ यता टेस्टमा डिभिलियर्सको औसत ५७.६८ रहेको छ । डिभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार १४ रन बनाएका छन् । २५ सय वा त्यसभन्दा माथि रन बनाउने विश्वका उत्कृष्ट ब्याट्सम्यानको सूचीमा पाँचौं नम्बरमा रहेका उनको टेस्ट औसत ६२.११ रहेको छ ।

पछिल्लो टेस्ट श्रृंखलामा रहेको उनको ७१.१६ को औसत पछिल्लो ३० वर्षमा आफनो अन्तिम श्रृंखलामा ३०० भन्दा माथि रन बनाउने ब्याट्सम्यानमध्ये दोस्रो नम्बरमा थियो । एक नम्बरमा भने वेष्ट इन्डिजका ब्रायन लाराले पाकिस्तानविरुद्ध बनाएको ८९.६० को औसत रहेको छ ।

-इएसपीएन क्रिक इन्फोबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.