मकवानपुर मंसिर १/ हुप्राचाैरकाे झाडीमा एक नव शिशु राेएकाे आवाज आएपछि स्थानियले प्रहरीलाई खवर गरेका छन।हात र खुट्टामा सामान्य चाेट लागेका नवजातका शिशु राेएकाे आवाज आएपछि प्रहरीलाई खवर गरिएकाे थियोे ।सालनाल सहितको शिशुलाई प्रहरीले तत्काल उपचारका लागि अस्पतालमा लगेकाे थियोे ।बच्चालाई अहिले मानव सेवा आश्रम मकवानपुरले संरक्षणमा लिएर हेटौंडा अस्पतालमा उपचार गराई रहेको छ।बच्चालाई कसले त्यहाँ लगेर फाल्याे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।