“हाम्रो यात्रा”…..

| 2024 Feb 03 | 09:20 am 989

बिपिन यादव
तिमीले जसरी पाइला चाले पनि जिन्दगीको हरेक मोडमा मैले कसैको साथ पाउन सकिनँ ।सपना धेरै छन् मेरा अनगिन्ती तिमीले दिएका आश्वासनहरू आज सिर्फ मेरा लागि ओइलिएर झर्न लागेको फूल जस्तै झुकाएर बाँच्न विवश भएको छु ।

त्यसैले, जिन्दगीको लामो यात्रामा हरेक पल छाया बनेर पछ्याउने कोसिस नगरे हुन्छ ।

सधैँ तिम्रो पाइला सल्बलाउने गोरेटोमा कसैले अवरोध खडा गर्छ भने म पवनको प्रेतात्मा बनेर तिम्रो गन्तव्यसम्म पु-याउने प्रयत्न गर्ने छु ।

बरु । एक्लै एक्लै हिँडेको बेला सम्झनाले सताउँछ भने प्रेमको परिभाषा बदल्न खोजे हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.