सशस्त्र प्रहरीद्वारा सालको चिरान काठ तथा ब्राउन सुरगरसहित चार जना पक्राउ

| 2021 Jul 19 | 07:53 pm 329

झापा, साउन ४ः जिल्लाको कन्काई नगरपालिका ४ स्थित एक घरबाट सशस्त्र प्रहरीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको करीव ३८ क्यूफिट सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कन्काई नगरपालिका ४ त्रिवेणी टोल बस्ने ३५ वर्षीय सविन राई र ३६ वर्षीय राजु शिवाकोटी रहेका छन् ।

उनीहरुले उक्त काठ अवैध रुपले ल्याई चिरान गर्दै गरिरहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले सो काठसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाईएको छ ।

ब्राउन सुरगरसहित दुई जना पक्राउ
झापा जिल्लाको झापा गाउँपालिाक ४ सुकुम्बासी बस्तीबाट सशस्त्र प्रहरीले ३ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई फक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको झापा गाउँपालिका ६ चरणामती बस्ने ३६ वर्षीय कमानसिंह लिङ्खा र सोही गाउँपालिका ७ बस्ने ४० वर्षीय मिलन राई रहेका छन् ।

प्र.०१–०१–०४१ प ४०७० नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश सुकुम्बासी बस्तीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन
सुगर फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.