सर्वोच्चको फैसला नआएसम्म निर्वाचनका गतिविधि रोक्न प्रचण्ड-नेपालको सुझाव

रिपोर्ट नेपाल | 2021 Jan 11 | 03:02 pm 1937

काठमाडौं, पुस २७ः  प्रचण्ड र  नेपाल टोलीले सर्वोच्चको फैसला नआएसम्म निर्वाचनका गतिविधि रोक्न सुझाव दिएको छ । सोमबार निर्वाचन आयोग पुगेको दाहाल-नेपाल टोलीले सो सुझाव दिएको हो ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जनाउँदै सर्वोच्चबाट फैसला नआएसम्म निर्वाचनको तयारी गर्नुको कुनै अर्थ नरहेको टोलीले बताएको छ ।

प्रचण्ड-नेपालले निर्वाचन आयोग पुगेर प्रमुख आयुक्तसँग छलफल गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.