सर्लाहीमा गाजाँ फडानि गरी नष्ट

रिपोर्ट नेपाल | 2021 Jan 11 | 10:43 am 2405

सर्लाही, पुस २७ः आइतबार सर्लाहीकाे लालबन्दी नगरपालका १४ ब्रमथान भन्ने स्थानमा अबैध रुपमा लगाइएकाे  लागूऔषध गाँजा प्रहरीले फडानी गरी नष्ट गरेकाे छ ।

गँजा लगाएको छ भन्ने बिशेष सूचनाको अधारमा लागूऔषध गाँजा खेती नष्ट अभियान अन्तर्गत उक्त गाँजा फडानिको लागि प्रहरी नायब निरीक्षक प्रदिप चौधरीको कमाण्डमा १५ जनाको प्रहरी टोली खटिगइ फडानी गरेकाे हाे ।

उक्त स्थानमा करिब ७ बिघामा रहेको ७० हजार गाँजाको बाेट फडानि गरी नष्ट गरेकाे सुचना अधिकृत
प्रहरी नायब उपरीक्षक मदन कुंवरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.