- महेश सिंह
सिरहा, जेठ १०ः सप्तरीको बलान बिहुल गाउँपालिकामा खेमचन्द्र यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।
निरन्तर समाज प्रति चिन्तित रहेका उनलाई जनताले भारी मतले बिजय गराएका छन्। राजनीतिको विभिन्न सिमाहरु पारगर्दै उनले जनमत पार्टीबाट गाउँपालिका अध्यक्षका लागि उममेदवारी दर्ता गराएका थिए।
खेमचन्द्रको जित लगत्तै पालिकामा बिकासको लहर ल्याउने स्थानीयको जनविश्वास रहेको छ।
नवनिर्वाचित अध्यक्ष खेम चन्द्र यादवले गाउँपालिकाको कार्यभार तथा जनप्रतिनिधिहरुलाई सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेका छन् । अध्यक्ष यादवले पदभार ग्रहण गर्दै गाउँपालिकामा नयाँ पन ल्याउने उनले बताए।