सन नेपाल लहानद्वारा मृतकका पीडित परिवारलाई १४ लाख सहयोग

| 2023 Feb 06 | 03:21 pm 381

  • महेश सिंह

सिरहा, माघ २३ः सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाले मृत्युदाबी भक्तानी रकम प्रदान गरेको छ । आठ महिना अगाडि वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका सप्तरी रुपनी गाउँपालिकाका २७ वर्षिय अभिनाश चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

घरको जेठो छोरा रहेको चौधरीले घर परिवार चलाउन जग्गा जमिन जोड्न वैदेशिक रोजगारका लागि साउदी अरेबिया पुगेका चौधरीको २०७९।०४। १५ गतेका दिन बिदेशमै मृत्यु भएको थियो।

इन्टरनेशनल रिकुमेनट कम्पनीमा उनी कार्यरत थिए। मृतको बिमा होल्डर चौधरीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोले मृतका बुबा फुदी चौधरीलाई हस्तान्तरण गरेको हो ।

मृतकको क्रिया खर्च तथा अन्य खर्च बापत १ लाख सब स्वदेशमा ल्याएको अधारमा १ लाख आय नोक्सानी बापत २ लाख बिमाङ्ग रकम १० लाख गरी जम्मा १४ लाखको चेक मृतकको बुवा फुदी चौधरी, स्थानीय छिमेकी हजुरबुबा पर्ने अरबिन्द कुमार चौधरी र गोर्खा टेलिभिजन तथा नेपाल बिबिसीका पत्रकार महेश सिंहको उपस्थितिमा रकम हस्तान्तरण गरेका हुन्।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाले निरन्तर पीडितलाई खोजी खोजी मृत्यु दाबी भुक्तानी दिने गरेको छ। इन्स्योरेन्सले पछिल्लो समय देखि हालसम्म पत्रकारको रोहबरमा भुक्तानी दिने गरिएको प्रबन्धक उपेन्द्र नारायण महतोले बताए। प्रबन्धक महतो पूर्ण रूपमा धार्मिक तथा सहयोगी ब्यक्तिको रूपमा चिनिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.