महेश सिंह सिरहा, माघ २ः लहानमा डिजिटल भिडियो बोर्डको उद्घघाटन समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रम लहान नगरपालिका स्थित रहेको होटेल नेमानमा आयोजना गरेको थियो।

डिजिटल भिडियो बोर्डको संचालक संजिप पाठकको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको मेयर मुनि साहको अनुसार ब्यापार ब्यबसायलाई सहज तरिकाले यो डिजिटल भिडियो बोर्डको मार्फद गराउन सक्ने र लहानमा थप सुचना प्रबिधिको बिकास भएको बताए र यो बोर्ड संगै लहान नगरपालिकाले लहानको केन्द्र बिन्दुमा यस्तै बोर्डको स्थापना गर्ने बताए।
विशिष्ट अतिथिमा ईलाका प्रहरी कार्यालय लहानका नायब उपरीक्षक सरद बहादुर थापा क्षेत्रीले भने आम पब्लिकमा संदेश मुलक सूचना र हामी सुचित भएका छौँ त्यसको लागि संचालक समुहलाई धन्यवाद समेत दिएका थिए ।
अर्का विशिष्ट अतिथिमा सशस्त्र बेस क्याम्प लहानका प्रहरी नायब उपरीक्षक बिनोद थापा, अतिथिहरुमा लहानपालिकाको प्रबक्ता राज कुमार साह, वडा अध्यक्षहरु सुलेमान अन्सारी , प्रदिप चौधरी, बिजय महतो रहेका थिए ।
सिटि जेसिका अध्यक्ष बसन्त साहका अनुसार हामी पनि गर्भाम्बित भएका छौं। बुद्धिजिवी फुलेश्वर महतोले समेत शुभकाना दिएका थिए।
हाल संचालन आएको सूचना प्राविधिबाट लहान नगरपालिकाको सम्पुर्ण गतिविधिहरु समेटन आग्रह गरेका थिए । संचारको पहुँच हामी सबैमा हुनुपर्ने बताएका थिए ।
लहान अस्पतालका डा बृजेन्द्र साह, एभरेष्ट कलेज लहानका संचालक धरनीधर अधिकारी, मदिरा ब्यबसाय संघ लहानको अध्यक्ष उमेश साहको कार्यक्रममा उपस्थिति रहेको थियो भने सवागत मनतब्यमा रेडियो सरगमको संचालक फिरोज शेखले स्वागत मनतब्य राखेका थिए।
संचालकहरुमा संजिप पाठक, समिता गिरी ,फिरोज शेख, कृष्णा सिंह,दुर्गा प्रसाद महतो, रुकमान्ति कुशवाहा लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।