सक्रिय भयो पश्चिमी वायु, देशभर घट्यो गर्मी

| 2024 May 04 | 11:16 am 705

काठमाडौँ २२ फागुन / मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देखि देशभर तापक्रम घट्ने र गर्मीमा राहत हुने जनाएको छ। महाशाखाका अनुसार हिजोअस्तिको भन्दा पश्चिमी वायु सक्रिय भएकाले देशभर मौसम बदली हुने छ ।

‘पश्चिमी वायुको सक्रियताले हिजो (शुक्रबार) रातिदेखि नै नेपालको पश्चिमी क्षेत्रबाट बादल आइरहेको ले देशभ धेरथोर मौसम बदली भएको छ । जसले गर्दा अहिले देशभरजसो गर्मी केही कम भएको छ।’

महाशाखाका अनुसार अब दिनभर चर्काे घाम लाग्ने क्रम कम भई तापक्रम घट्नेछ र केही शीतल महसुस हुनेछ। ‘लुम्बिनी र मधेस प्रदेशका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको थियो।

मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। मौसम बदली (बादल लाग्ने) देशभरजसो भए पनि पानी पर्ने सम्भावना भने केही ठाउँमा मात्र छ।

आज दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा भने आज वर्षाको सम्भावना नदेखिएको उनले बताए। ‘आज काठमाडौँ उपत्यकामा आंशिक बदलीको सम्भावना छ’। बादल लागेका कारण काठमाडौँ उपत्यकामा पनि हिजोअस्तिको तुलनामा आज केही शीतल महसुस भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.