काठमाडाैं, असार ९ः वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई कन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रामेछाप, लिखु तामाकोशी गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२, कोटेश्वर बस्ने २८ बर्षीय अरुण खड्का रहेका छन् ।
प्रतिवादी अरुण खड्काले पर्याप्त मौज्दात रकम नभएको प्रभु वैंक लिमिटेड, कोटेश्वर शाखामा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी मिति २०७७/०५/०६ मा दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने वैंकिङ् कसूर मुद्दामा उनलाई सम्मानित उच्च अदालत पाटनबाट बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजू भई फरार रहेका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले मिति २०७९/०३/०८ गते तीनकुने, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे छ ।