काठमाडौँ, मङ्सिर १।नेपाल फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको पहिलो खेलमा यूएईसँग ४–० ले पराजित भएको छ । बिहीबार राति दुबईको अल मक्तुम स्टेडियममा नेपाली राष्ट्रिय फुटबललाई फराकिलो गोल अन्तरले पराजित गरेको हो । यूएईका अहमद मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो लिमाले एक–एक र अलि गोल गरे । १५ हजार दर्शक क्षमता रहेको स्टेडियममा थुप्रै नेपाली दर्शकको समर्थन पाएको नेपाली टोलीले खेलको १०औं मिनेटमा नै पहिलो गोल बेहोरेको थियो । अल्हाम्माडीले अलि सालेह आम्रोको पासमा हेडमार्फत गोल गर्दै यूएईको खाता खोलेका थिए ।
३६ औं मिनेटमा कप्तान अहमद मबखोटले गोल गर्दै अग्रता दोब्बर पारे । पेनाल्टीमा दोस्रो गोल गरेका उनले नै यूएईबाट तेस्रो गोल गरे । पेनाल्टी बक्सभित्र दुई जनाले हेडमार्फत दिएको पासमा उनले पनि हेडिङमार्फत नै दोस्रो बार च्याप्दै गोल गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा लिमाले गोल गर्दै पहिलो हाफसम्म यूएईलाई ४–० ले अग्रतामा राखे । उनले पेनाल्टी बक्सभित्र चिप गर्दै गोल गरे । अबडाला रमादान बेखिटको क्रसमा नेपाली गोलरक्षक किरणलाई विपरीत दिशामा डाइभ गर्न लगाउँदै उनले उक्त गोल गरेका थिए ।
दोस्रो हाफको खेलमा भने नेपालले सुधारिएको प्रदर्शन गरेका थिए । डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केही खतरनाक आक्रमणलाई विफल पारे । नेपालले ८१ औं मिनेटमा राम्रो अवसर पाएको थियो । मनीष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार यूएईका गोलरक्षकले मुस्किलले बचाए ।
(कान्तिपुरबाट)