गुल्मी, मंसिर, १७/ नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गुल्मी कांग्रेसलाई उत्कृष्ट घाेषणा गरेकाे छ।गत मंसिर ९ र १० गते जिल्ला सम्मेलन गरेको गुल्मी कांग्रेसले गरेको व्यवस्थापनकाे उच्च मुल्यांकन गर्दै प्रदेशले सभापति खिलध्वज पन्थीलाई उत्कृष्ट भएको प्रमाणपत्र सहित सम्मान गरिएको थियोे ।दाेस्राे जिल्ला सम्मेलनमा प्रदेश सभापति अमरसिंह पुन,उपसभापति भुवनप्रसाद श्रेष्ठकाे उपस्थिति रहेकाे थियोे ।सदरमुकाम तमघासमा भएको उद्घाटन समारोहमा रहेकाे व्यापक उपस्थिति र बन्द सत्रमा भएको राम्रो व्यवस्थापनकाे उच्च मुल्यांकन गरि प्रदेशको उत्कृष्ट घाेषणा गरिएको थियोे ।प्रदेशको प्रथम सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मी सभापति खिलध्वज पन्थीलाई प्रमाणपत्र सहित सम्मान गरेका थिए।