‘लभ स्टेशन’ मा प्रदीप र जसिता

रिपोर्ट नेपाल | 2018 May 30 | 06:50 am 3691

काठमाडौं, जेठ १६: अभिनेता प्रदीप खड्का र ‘लिलिबिली’ निर्माता तथा वितरक गोविन्द शाहीले संयूक्त रुपमा निर्माण गर्न लागेको फिल्मको नाम तय भएको छ ।उज्जवल घिमिरेले निर्देशन गर्ने फिल्मको नाम ‘लभ स्टेशन’ राखिएको छ ।

प्रदीप खड्काको लिड रोल रहने यसमा ‘लिलिबिली’ फेम अभिनेत्री जसिता गुरुङ प्रमुख भूमिकामा अनुबन्ध भएकी छन् । स्रोतका अनुसार, अहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि कुरा भइरहेको छ । यसमा तीन अभिनेत्रीको लिड रोल रहने खबर प्राप्त छ ।

जसितासँग प्रदीप दोस्रो पटक काम गर्दैछन् । यसअघि यो कपलले गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’ मा सँगै काम गरेका थिए । यो फिल्मपछि अभिनेत्री गुरुङलाई नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेरेको छ ।

फिल्मको रिलिज डेट फागुन २४ लाई पक्का गरिएको छ । प्रदीप अहिले गोपीकृष्ण ब्यानरको फिल्म ‘रोजी’ मा व्यस्त छन् । यस फिल्मको सुटिङ सकिए लगत्तै ‘लभ स्टेशन’ को छायांकन सुरु हुनेछ । अहिले स्क्रिप्टको फाइनल ड्राफमा काम भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.