राजिनामा दिएका शंकर बन्लान त फेरि मुख्यमन्त्री ?

| 2021 May 02 | 12:49 pm 181

काठमाडौँ बैशाख १९ : लुम्बिनी प्रदेशक मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिए पछि बसेको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशको बुटवलमा बसेको संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको प्रदेशसभा सदस्य लीला गिरीले जानकारी दिए।

एमालेको लुम्बिनी प्रदेशमा ४१ जना प्रदेशसभा सदस्य छन्। जसपाका ४ र माओवादीका २ सांसद निष्कासनमा परेपछि अहिले प्रदेशसभा ८१ सदस्यमा खुम्चिएको छ। सरकार बनाउन ४१ सदस्य आवश्यक पर्नेमा एमालेको संख्याले मुख्यमन्त्री चयन हुने अमुमान गरिए पनि त्यसै भन्न सकिने अबस्था भने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.