याैन दुर्व्यवहार गरेकाे आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

| 2021 Jan 12 | 02:17 pm 1913

काठमाडाैं, पुस २८ः याैन दुर्व्यवहार गरेकाे आरोपमा काठमाडौंको प्रदर्शनी मार्गमा रहेकाे रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापकलाई  प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य रहेका छन् । उनले सोही क्यापसमै अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार सामाजिक सञ्जालमार्फत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा आचार्य पक्राउ परेका हुन्।

‘फेसबुकमार्फत अश्लील कुरा गरेको पाइएको छ,’ एसएसपी सिंहले भने, ‘अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.