यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक जनाकाे मृत्यु

| 2021 Jun 06 | 03:09 pm 197

दार्चुला, जेठ २३ः यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर दार्चुलामा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामी रहेका छन् ।

अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए ।

महेश जेठ पहिलो साता यार्सागुम्बा सङ्कलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेको बताइएको छ । यस वर्ष यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु हुनेमा दुई महिला, दुई पुरुष छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.