राजधानी काठमाडौं उपत्याकाको सवारी व्यवस्थापनका लागि करिव १८ सय ट्राफिक प्रहरी खटिने गरेका छन् । तर सवारी जामको समस्या समाधान ट्राफिक प्रहरीको बुता भन्दा बाहिर गइरहेको छ । एक जनाका लागि सरदर मासिक ५० हजार रुपैंयाका दरले लतब भत्ताको हिसाव गर्ने हो भने पनि उपत्याकामा खटिएका ट्राफिक प्रहरीका लागि राज्यकोषबाट बार्षिक १ अर्ब ८ करोड रुपैंया खर्च हुन्छ । यस बाहेक ट्राफिक लाइट , डिभाइडर , संकेत चिन्ह लगायतको शीर्षकमा हुने खर्च पनि निकै ठूलो छ । त्यसो त विशेष समारोह तथा पर्वमा सवारी व्यवस्थापनका लागि थप जनशक्ति पनि परिचालन हुने गरेको छ ।
उपत्याकामा बढ्दो सवारी जामको समस्यालाई देष्टिगत गर्दै सडक फाराकिलो बनाउनका लागि पनि अर्बौं रुपैंया खर्च भइसकेको छ । तर समस्या झन् झन् विकराल बन्दै गइरहेको छ । एक तथ्यांक अनुसार काठमाडौं उपत्यकाभरी औसत ४ मिटर चौडाइको २ हजार किलोमिटर सडक सञ्जाल छ । तर उपत्याकामा ठूला साना गरेर १६ लाख सवारी साधन चल्छन् । सडकको लम्वाई भन्दा कुल सवारी साधनहरुको लम्वाई कयौं गुणा बढी छ भन्ने कुरा यसले पुष्टि गर्छ ।
त्यसमा पनि काठमाडौं उपत्याकाभित्र चल्ने १६ लाख सवारी साधनमध्ये ९० प्रतिशत सवारी साधनहरु उपत्यकाको ग्वार्को, कोटेश्वर, चाबहिल, महाराजगंज, बालाजु, त्रिपुरेश्वर, कालिमाटी, पुतलीसडक , कलंकी, कालिमाटी, त्रिपुरेश्वर, थापाथली, जमल, लैनचौर , माइतीघर, कोटेश्वर, जडिबुटी, केशरमहल, स्रोहखुट्टे, बालाजु, चावहिल, तीनकुने, कुपण्डोल , गोङ्गबु लगायतका क्षेत्रमा चल्छन् । यी क्षेत्रमा अघि पछि करिव आधा घण्टा र अफिसको समय एक घण्टा सवारी जाम हुनु सामान्य भइसकेको छ ।
काठमाडौं उपत्याकामा अहिले दैनिक ५० देखि ६० बटा चार पाङग्रे र दैनिक ५ यसभन्दा बढी संख्यामा दुई पाङ्ग्रे सवारी साधन थपिने गरेको तथ्यांक छ । यो तथ्यांकले पनि भोलिका दिनमा सवारी जामको समस्या अझ बहाली लाग्दो हुने संकेत गर्छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन निकै समस्या बन्दै गएको छ भन्ने कुरा राज्यको नीति निर्माण तथा कार्यान्वयन तहमा रहनेहरुलाई थाह नभएको होेइन । सवारी जामका कारण उत्पन्न हुने समस्या तथा क्षति कति भयाबह छ ? भन्ने कुरा पनि राज्यको नीति निर्माण तथा कार्यान्वयन तहमा रहनेहरुलाई थाह नभएको होेइन । र सबै तमासे बनेका छन् । समस्या समाधानका लागि ठोस पहल भएको देखिँदैन ।
फुटपाथका व्यापारी हटाएर , सडक फराकिलो बनाएर केही हदसम्म सवारी जामको समस्या समाधान गर्न सकिएला तर यो भनेको कट्टु च्यातिँदा टालो हालेर लाज छोपे जस्तै हो । सवारी जामको स्रोत नै व्यवस्थापन गर्नु पर्छ । जसरी फोहरको थुप्रो रहेसम्म लामखुट्टे मारेर मात्रै समस्या समाधान हुँदैन , फोहरको थुप्रो नै हटाउनु पर्छ । त्यसै गरी काठमाडौं उपत्याकाको सवारी जामको समस्या पनि ट्राफिक प्रहरीको संख्या थपेर छेउछाउका घर भत्काउँदै सडक फाकिलो पारेर , फुटपाथका व्यापारी हटाएर मात्रै समाधान हुँदैन । मुख्य कारणलाई नै निदान गर्नु पर्छ ।
पहिलो कुरा त ४० लाख जनसंख्या भएको काठमाडौं उपत्याकामा सडकको कुल लम्बाई २ हजार किलोमिटर हुनु भनेको काफी हो । १ किलोमिटर सडक बराबर २ हजार जनसंख्या हुन आउँछ । तर ४० लाख जनसंख्या भएको काठमाडौं उपत्याकामा सवारी साधनको संख्या मात्रै १६ लाख हुनु भनेको अचाक्ली हो । यस हिसावले त एउटा सवारी साधन बराबर ३ जना पनि परेन । कतिपय घरमा त परिवारको संख्या भन्दा सवारी साधनको संख्या बढी छ ।
सार्वजनिक सवारी साधनको समुचित व्यवस्थापन गर्न राज्यले नसेका कारण व्याक्ति पिच्छे सवारी साधन खरिद गर्नुपर्ने वाध्यता सिर्जना भएको हो । यो बाध्यताका कारण ट्राफिक समस्या त विकराल बनिरहेको छ नै सधै सवारी साधन तथा इन्धन आयतमा ठूलो रकम विदेसिने गरेको छ । बायु प्रदुषणको समस्या त बढ्ने नै भयो । सार्वजनिक सवारीसाधन प्रयोग गर्न सर्वसाधारणलाई सधैँ कष्टकर नै छ । अझै काठमाडौंको सार्वजनिक सवारी प्रयोग गर्नलाई ठूलो चुनौती सामना गर्नुपर्छ । यात्रु चढाउने र ओराल्ने ठाउँमा ठूलो भिडभाडबिच आफू चढ्ने सवारी पहिचान गरी, गन्तव्यमा पुगेर उत्रिन मानिसहरूलाई हम्मे हम्मे पर्छ ।
असहज, अव्यवस्थित र असुरक्षा सार्वजनिक यातायातको पहिचान नै भइसकेको छ । काठमाडौं उपत्याकाको सार्वजनिक यातायात संयन्त्रको निकै कहालीलाग्दो छ । २–४ कि.मि बाटो तय गर्न कहिले काहीँ १÷२ घण्टा नै लाग्छ । एउटा कर्मचारी कार्यालय समयमा आफ्नो कार्यालय पुग्न र फर्किन घन्टौँ लाग्छ । दैनिक रूपमा प्रत्येक व्यक्तिको उपलब्धिमूलक समय ट्राफिक जाममा नै खर्च हुँदा समग्र राष्ट्रलाई कतिसम्मको घाटा हुन्छ ? यसको हिसाव गर्नु जरुरी छ । त्यसैले काठमाडौं उपत्याकाको सवारी जामको समस्या समाधान गर्ने पहिलो शर्त हो –‘आधुनिक प्रविधियुक्त सार्वजनिक सवारी संजाल विस्तार ।’ सार्वजनिक सवारी साधन भरपर्दो हुने हो भने निजी सवारी साधन प्रयोगमा आधा कटौती हुन्छ । यसले सवारी साधन जामको समस्या समाधान गर्न ठूलो मद्दत पुग्छ ।
राजधानी काठमाडौं उपत्याकामा सावारी जाम हुनुको अर्को कारण हो जनताले सेवालिन पुग्नु पर्ने कार्यालय तथा क्षेत्रहरु एकै ठाउँमा केन्द्रित हुनु । उदाहरणका लागि सबै जसो सरकारी कार्यालय , सबै जसो स्कुल क्याम्पस , सबैजसो अस्पताल र सबै जसो बजार चक्रपथ भित्र छन् । त्यसमा पनि पूर्वमा बबरमहलदेखि पश्चिममा टेकु र दक्षिणमा थापाथलीदेखि उत्तरमा लैनचौरसम्मको करिव ४ वर्गकिलोमिटर क्षेत्रमा उपत्याकाका सबै जसो सरकारी कार्यालय , सबै जसो स्कुल क्याम्पस , सबैजसो अस्पताल र सबै जसो होटल , सबै जसो बजार छन् । उपत्याकाका ४० लाख मान्छे मात्रै होइन बाहिरका लाखौं मान्छे दिनहुँ यही करिव चार वर्गकिलोमिटरको क्षेत्रमा पुग्नै पर्ने वाध्यता जबसम्म रहन्छ तब सम्म सिंगापुरका राष्ट्रपतिलाई शासन सत्ता सुम्पे पनि उपत्याकाको ट्राफिक जामको समस्या समाधान हुन सक्दैन ।
समाधानका उपाय
बिर हस्पिटल , टिचिङ्ग हस्पिटल लगायतका हस्पिटल हरुलाई बाहिरी चक्रपथमा सारेर त्यो ठाउमा पार्किङ्को बेबस्था गरौ। सबै हस्पिटल हरुलाई एकै ठाउँ गरौ जसले गर्दा हस्पिटल एकै ठाउमा हुदै गर्दा बिरामीलाई एक हस्पिटल बाट अर्को हस्पिटल जादै गर्दा ट्राफिक जामको कारणले बिरामीको ज्यान जाने अवस्था नहोस र जामको पनि सम्यस्या बाट मुक्त्त होस्। कलेज पनि सबै चक्रपथ बाहिर एकै ठाउँ गरौ जसले गर्दा बिद्दार्थीलाइ धेरै ठाउमा कलेज खोज्न भौतारिन नपरोस र बिसवभाषा कलेज, ल कलेज, आर आर कलेज , र बाल्मिकी कलेजलाई चक्रपथ बाहिर स्थानान्तर गरौ र ति ठाउमा पार्किङ्को बेबस्था गरौ। जसले गर्दा पार्किङ्को राम्रो बेबस्था हुनुको साथै काठमाडौँमा जामको समस्या पनि समाधान हुन जान्छ।
सर्वप्रथम पूर्वमा बबरमहलदेखि पश्चिममा टेकु र दक्षिणमा थापाथलीदेखि उत्तरमा लैनचौरसम्मको करिव ४ वर्गकिलोमिटर क्षेत्रका सरकारी कार्यालय , स्कुल क्याम्पस , अस्पताल तथा कन्सलटेन्सीलाई चक्रपथको आसपासमा सारौं । २७ किमि लामो र ८ लेन चौडाईको साविकको चक्रपथमा ओभर पास , अण्डर पास लगायतका पूर्वाधार यसरी निर्माण गरौंकी , एक मिनेट पनि ट्राफिक जामको अवस्था नहोस् । साविकको चक्रपथमा सार्वजनिक सवारी साधनको प्रचुर व्यवस्था होस् ।
यसैगरी पूर्वमा दरवार हाइस्कुलदेखि पश्चिममा भीमसेनस्थान र उत्तरमा लैनचौरदेखि दक्षिणमा टेकुसम्मको पुरनो काठमाडौंलाई पूर्णत पर्यटकीय क्षेत्र घोषणा गरौं । त्यस क्षेत्र भित्र पर्यटकीय बाहेक अन्यसवारी साधनलाई प्रवेश निशेध गरिदिउँ । बालमिकी , रत्नराज्य , नेपाल ल , विश्वभाषा क्याम्पस स्थानान्तरण गरेपछि खाली हुने क्षेत्रमा अण्डरग्राण्ड पार्किङ्ग स्थल निर्माण गरौं । त्यो अण्डरग्राउण्ड पार्किङ्ग स्थल हुँदै सुन्धारासम्म , अनामनगर सम्म , थापाथलीसम्म र लैनचौर सम्म भूमिगत सडक निर्माण गरौं ।
यसैगरी उपात्याकाको सवारी जाम समस्याका अर्को कारक भनेका निजी विद्यालयहरु हुन् । हाल उपत्यकामा ३ हजार विद्यालय सञ्चालनमा छन् र तिनमा करिव ८ लाख विद्यार्थी अध्ययन गर्छन् । जसमध्ये २ लाखले स्कुलको सवारी साधन प्रयोग गर्छन् । जम्मा ६ हजार बसले दिनमा २ देखि ६ ट्रिप गर्दा ३० हजार ट्रिप गर्ने गरेको पाइन्छ । सालाखाला एउटा ट्रिपमा २ घण्टा बिताउँदा पनि दैनिक ५० हजारदेखि ७० हजार घण्टा बसहरु बाटोमा कुदिरहेका हुन्छन् । त्यसमा यात्रा गर्ने कलिला बालबालिकाहरु आफ्नो अध्ययन, खेल्ने र मनोरञ्जन गर्ने समय खर्चेर बाटोमा अनावश्यक ट्राफिक जामको सकसमा पर्न बाध्य छन् ।
उदाहरणका लागि काठमाडौं जिल्ला बालाजु क्षेत्रको सिद्धार्थ बनस्थली स्कुलले ललितपुर जिल्ला हात्तिबन देखिका विद्याथी ओसार्छ । ललितपुरको हात्तिवन क्षेत्रमा रहेका लिटिल एन्जल्स स्कुलले काठमाडौं बालाजु क्षेत्रदेखिका विद्यार्थी ओसार्छ । यो त उदाहरण मात्रै हो । यस्ता स्कुल काठमाडौं उपत्याकामा धेरै छन् । कक्षा १० सम्मका लागि स्कुल बसको व्यवस्था निशेध गर्नु पर्छ ।
यस बाहेक उपत्यकाका १० देखि १२ स्थानमा ओभर पास र अन्डर पास नबनाउने हो भने अबको दिनमा गाडी चलाउन सक्ने अवस्था छैन । काठमाडौंका मुख्य बाटोका छेउमा रहेका पेट्रोल पम्पहरुले पनि जाम गराइरहेका छन् । सडक विस्तार गरेर मात्रै हुँदैन भन्ने कुरा प्रमाणित भइसकेको छ । त्यसका लागि चोकमा हुने ट्राफिक समस्याको समाधान गर्नुपर्छ । यसका लागि सडक पूर्वाधारको पुनः डिजाइनदेखि ट्राफिक लाइट, ट्राफिक साइन र जमीनमाथि वा मुनिबाट बाटो बनाउनुपर्छ । बाहिरी रिंगरोड निर्माण र बाँकी भएको भित्री रिंगरोड बिस्तारको काम छिटै सक्नु पर्छ । नदी तथा खोलाका कोरिडोरमा बनाइएका सडकमा द्रुतबस सेवा संचालन गर्नुपर्छ ।
लेखक गुल्मी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा रिपोर्ट नेपालका निर्देशक हुन् ।