महानिरीक्षक सिंह संयुक्त अरब प्रस्थान

रिपोर्ट नेपाल | 2023 Feb 06 | 02:06 pm 493

काठमाडौं, माघ २३ः इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्स प्रस्थान गरेका छन् । अबुधाबीमा यही माघ २४ देखि २६ गतेसम्म संचालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन महानिरीक्षक सिंह आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

May be an image of 5 people, people sitting and indoor

National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा समेत त्यसतर्फ प्रस्थान गरेका छन् । उनका साथमा धर्मपत्नी कुसुमलता सिंह पनि प्रस्थान गरेकी छन् ।

प्रस्थान गरेका तीनै जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित हार्दिक विदाइ गरेका थिए ।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल हुने कार्यक्रम रहेको जनाइएको छ ।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रधान कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.