भ्रष्टाचार मुद्धा लागेपछि खोटाङका सिडओ निलम्बित

| 2023 Jul 24 | 01:20 pm 1481

काठमाडाैं, साउन ८ पाँच वर्षअघि सिद्धिचरण नगरपालिकाको वडा नम्बर १० मा भएको विद्युतीकरणमा भ्रष्टाचार अभियोग लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बित भएका छन् । खतिबडा निलम्बनमा परेपछि सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह निमित्त सिडिओ भएका छन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।

विद्युतीकरणमा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले आवश्यक छानबिन पश्चात् हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो । इञ्जिनियर, वडाध्यक्षलगायत झण्डै एक दर्जनले फर्जी बिल बनाएर ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.