भारतसँग झुकेर होइन शीर ठाडो पारेर सम्बन्ध सुधार गरेका हौं : प्रधानमन्त्री ओली

| 2018 Jun 04 | 02:48 pm 680

काठमाडौं २१ जेठ। भारतसँग सम्बन्ध सुधार भएमने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सोमबार प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको बताएका हुन् ।

‘छिमेकिसँग सम्बन्ध सुमधुर भएको छ । सम्बन्ध पुनस्थापित भएको छ । म गर्वका साथ भन्न चाहन्छु । सम्बन्ध सुधार हुनुपर्छ भनेर निहुरिएर होइन, झुकेर होइन । आफ्ना आन्तरिक मामिलामा हस्तक्षे स्वीकार गरेर होइन । सार्वजनिक सत्तालाई अण्डरमाइन गर्न दिएर होइन । स्वतन्त्रता र भौगोलिक अखण्डतालाई नजरअन्दाज गरेर होइन । मिल्नै पर्छ जसरी पनि भनेर होइन । आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेर, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनतालाई मानेर, शीर उठाएर सम्बन्ध सुधार गरेका छौं । अन्तर्राष्ट्रिय सम्बन्ध उचाइमा पुगेको छ ,’ प्रधानमन्त्री ओलीले भने, ‘छिमेकिसँगको सम्झौता र संयुक्त प्रेस वक्तव्य भए । यी सबै कुराले पुष्टि गर्छ । हामी खोक्रो दावी गर्दैनौं । सबै कुरा रेकर्ड छन् ।’

सरकारले राष्ट्रियतालाई असाधारण महत्व दिएको भन्दै आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नसक्ने दावी समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.