भारतमा रहेका न्यून चापीय र पश्चिमी वायु प्रणालीको प्रभाव नेपालमा समेत रहने

| 2021 Oct 18 | 11:00 am 629

काठमाडौँ, कात्तिक ०१ : उत्तरतिर सर्दै गरेको बंगालको खाडीमा र मध्य भारतमा रहेको न्यून चापीय पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक- दुई स्थानहरूमा मेघ गर्जन,ट्याङ्ग सहित हल्का वर्षा हुने छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा समेत हुने छ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरू मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको जनाईएको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.