भारतको विधान सभामा ५ जना नेपाली विजयी

| 2021 May 04 | 03:47 pm 10797

काठमाडाैं, बैशाख २१ः बंगाल विधान सभामा ३ जना र आसाम विधान सभामा २ जना नेपाली भाषीहरु हालै सम्पन्न विधान सभाको निर्वाचनमा विजयी भएका छन् ।

दार्जीलिङबाट प्राप्त समाचार अनुसार त्यहाँका ३ वटा चुनाव क्षेत्र मध्ये दार्जीलिङबाट भाजपा उम्मेदवार निरज जिम्बा तामाङ विजयी भएका छन् ।

जम्मा ६७१६१ मत ल्याएर उनले गोर्खा जनमुक्ति मोर्चा (विनय खेमा) का केशबराज शर्मालाई (प्राप्त मत ४६९२७) पराजित गरेका छन् ।

यसै गरी खर्साङ विधान सभा क्षेत्रबाट भाजपाकै उम्मेदवार भएका श्री वीपी बजगाईले (५५२७५ मत) ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गोजमुमोका छिरिङ लामा दाहालले (४४०४६ मत) ल्याएका थिए ।

त्यसैगरी कालिम्पोङबाट गोजमुमोका श्री रुदेन सादा लेप्चाले ५०२९० मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी विजेपीका श्री शुभ प्रधानले ४७११८ मत ल्याएका थिए ।

त्यस्तै असाम विधान सभाबाट विजयी हुनेहरुमा मारघोरिटा विधान सभा क्षेत्रबाट श्री भाष्कर शर्मा र बरसोला विधान सभा क्षेत्रबाट श्री गणेश कुमार लिम्बु विजयी भएका छन् । निर्वाचित सबैमा रिपोर्ट नेपाल बधाई ज्ञापन गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.