काठमाडाैं, पुस २६ः Vianet Communications Pvt. Ltd. ईटरनेट सेवा प्रदायकको ग्राहकहरूको तथ्याङ्कमा अनधिकृत रुपमा पहुँच पुर्याई फेसबुक, ईन्स्टाग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा Script सार्वजनिक गर्ने एक जनालाई ब्यूराेले पक्राउ गरेकाे छ ।
उक्त कार्य गरेकाे भन्ने निवेदनको अनुसन्धानका क्रममा जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका- १ बस्ने बर्ष करिव १७/१८ का युवक परिवर्तित नाम ‘नरपिचास’ ले Vianet Communications Pvt. Ltd विद्युतीय संयन्त्रमा अनधिकृत रुपमा पहुँच राखी Data Breach गरी ‘नरपिचास’ नामको ट्वीटर ह्याण्डल लगायत फेसबुक, ईन्स्टाग्राम समेतको माध्यमबाट Script सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को परिच्छेद-९ बमोजिमको
कसुर गरेको खुलेकाे हाे ।
उनलाई सम्मानित जिल्ला अदालत काठमाडाैंबाट पक्राउ अनुमती लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय, बुटवल समेतको सहयोगमा आइतबार व्यूरोबाट खटिएको टोलीले बुटवलबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको बताइएकाे छ।