बोलेरोको ठक्करबाट मोटरसाइकल चालक मृत्यु

रिपोर्ट नेपाल | 2021 Feb 03 | 03:44 pm 2309

सप्तरी, माघ २१ः बुधबार बिहान सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह सडक खण्डमा बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ ।

बिहान ११ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.२५.प ५७१२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको को.१ज. ३१९९ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका ८ बस्ने ३७ वर्षीय भिम राजवंशीको ज्यान गएको हो ।

डिएसपी भुवनेश्वर साहका अनुसार राजवंशीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालक धनकुट्टाको पाखरीवास नगरपालिका ४ बस्ने ३९ वर्षीय तोर्न निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पुर्याउने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.