काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल सहित ६५ जना यात्रु लिएर काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरकाे जहाज खराब माैसमका कारण फर्किएको थियोे ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ वजेर ४५ मिनेट जाँदा उडेको उक्त जहाज भिजिबिलिटीका कारण अवतरण गर्न नसकेपछि फर्किएको हाे।बुद्ध एयरका प्रविधिक दीपेन्द्र कर्णका अनुसार बुद्ध एयरको ७२-५०१ काे जहाज उड्ने बेला माैसम ठिक भएको र जनकपुरकाे माैसम एक्कासी खराव भएकोले जहाज फिर्ता आएको थियोे । ३ घण्टा ५६ मिनेट पछि माैसममा सुधार आएपछि १२ वजेर ४१ मिनेटमा जहाज उडेको थियो। प्रधानमन्त्री दाहाल त्यही जहाजबाट जनकपुर पुगेका छन।