बारा, मंसिर ५ । पचरौता नगरपालिका वडा नं.०७ बेनौली स्थित झण्डा मेला लगाउने विषयलाई लिएर गाउँका दुबै पक्ष गरी सैयौं मानिसहरू विच वादविवाद भएको छ ।
उक्त विवादका क्रममा भई ढुङ्गा मुढा हनाहान तथा झडप हुँदा तत्काल प्रहरी टोली खटिगई हेर्दा अवस्था तनावग्रस्त रहेको र केही व्यक्ति घाईते समेत भएकोले झडपलाई समान्य बनाउनको लागि गएराती ११ बजेदुई राउण्ड गोलि हवाईफायर गरी भीडलाई तितर बितर पारि अवस्था समान्य बनाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
हवाइ फायर गरेपछि केही समय स्थिति सामान्य बने पनि, पुन: ११:४५ बजे दुबै पक्ष विच एक आपसमा ढुङ्गा मुढा हनाहान हुँदा पुन: प्रहरीद्वारा छ राउण्ड, गरी जम्मा ८ (आठ) राउण्ड गोलि हवाईफायर गरी भिडलाई तितर बितर पारि तत्कालको लागि अवस्था समान्य बनाईएको र हालसम्म ढुङ्गा मुढा हनाहानबाट दुई जना स्थानीय लक्ष्मी पटेल र चण्डीका पटेल घाईते समेत भएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्याैपानेले जनाएका छन् ।