बाजुरा, माघ १०ः पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट ४ वटा घर र एउटा मन्दिर भत्किएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्पले घर भत्काएको हाे।
प्रहरी प्रमुख डीएसपी सूर्य थापाका अनुसार जिल्लाकाे बडिमालिका नगरपालिकाको वडा नं–७ मा २ वटा घर र वडा नं-९ मा २ वटा घर भत्केको हो। साथै एक मन्दिर पनि भत्किएको जानकारी दिए । उनका अनुसार भुकम्पमा परी कुनै पनि मानवीय क्षाति भने नभएकाे बताए ।