नेपालगन्ज मंसिर १/ बाँके प्रहरीले खुकुरी प्रहार गरि शक्त घाइते बनाएका अभियुक्त आकाश रानालाई गाेली हानेर पक्राउ गरेको छ।गत कात्तिक ३० गते रानाको टाेलीले मिनबहादुर विकलाई खुकुरी प्रहार गरि शक्त घाइते बनाएका थिए।बैजनाथ गाउँपालिकाका ३१ वर्षिय राना खुकुरी प्रहार पछि फरार भएका थिए।खुकुरी प्रहार बाट घाइते भएका विकबाट ज्यान मार्ने उधाेगकाे जाहेरी आएपछि प्रहरीले मुद्दा दर्ता गरि आराेपित रानालाई खाेजि गरिरहेकाे थियाे।फरार भएका रानालाई फेला पारिसकेपछि उनी भागेका थिए।भागेका रानालाई पक्राउ गर्न गाेली चलाएर नियन्त्रणमा लिइएको थियोे ।रानाको समूहबाट घाइते भएका विकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि भारत पठाइएको थियोे ।घाइतेको अहिले भारतको लखनउमा उपचार भइरहेको परिवार स्राेतले बताएको छ।