काठमाडौं, जेठ १०: सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरीएको जनाएको छ। विभागले सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ । यात्रुवाहक सवारी साधनमा २ दशमलव १ प्रतिशतले भाडा बढेको हो।