काठमाडौं, असार ९ः गृह मन्त्रालयले प्रहरी निरीक्षक राजु कुर्मीलाई पदबाट बर्खास्त गरेको छ । प्रहरी महानिरीक्षकसहितका विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हाल्ने कुर्मीलाई गृह मन्त्रालयले प्रहरी प्रधानकार्यालयको सिफारिसमा बर्खास्त गरेको हो ।
मन्त्रालयले उनलाई बर्खास्त गरेको पत्र बुधबार प्रधानकार्यालय नक्साल पठाएको छ । कुर्मीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने’ गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । आफ्नै संगठनविरुद्ध ‘गतिविधि गरेको’ भन्दै उनलाई बर्खास्त गर्न सिफारिस गरिएको थियो ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासमा रहँदा आर्थिक अनियमितता गरेकोसमेत आरोप थियो । राजधानी दैनिकबाट