प्रम ओलीको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

रिपोर्ट नेपाल | 2018 Jun 06 | 07:02 pm 930

चितवन, २३ जेठ : दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी गैँडा हस्तान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले दुई जोडी गैँडा नियन्त्रणमा लिएर सौराहामा बुमामा राखिएको जनाउँदै सकेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हस्तान्तरण गरिने तयारी गरिएको बताए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चीनका अधिकारीलाई जहाजको ढोकाको आकार र प्राविधिक टोली पठाउन ताकेता गरिएको बताउँदै चितवन राष्ट्रिय निकुञ्जले खोरका लागि आवश्यक काठ तयार गरेर राखेको जानकारी दिए । उनका अनुसार हाल पिट बुमामा राखिएका गैँडालाई खुला बुमामा राखेर परीक्षण गर्न थालिएको छ । साइटिसको नियमानुसार एक वर्षमा एक जोडी वन्यजन्तु मात्रै अरु देशमा पठाउनुपर्ने हुन्छ । एक जोडी प्रधानमन्त्रीको भ्रमणका क्रममा र अर्काे एक जोडी साउन लागेपछि पठाउने तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.