प्रधानमन्त्री बालेनले गरे राष्ट्रपतिसमक्ष शपथ ग्रहण

| 2026 Mar 27 | 01:05 pm 449

चैत १३ काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहबीच बालेनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन, बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो। रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई शुक्रबार बिहान संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले शुभसाइतमा बालेनलाई शपथ दिलाए । यसअघि आजै बालेन प्रधानमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति पौडेलले उनलाई संविधानको धारा ७६ (१)अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

उनी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै झापा क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । मुलुकको ४७ औं प्रधानमन्त्री बनेका बालेन काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.