काठमाडौं, १० : असार विश्वकप समूह ‘जी’ अन्तर्गत इंग्ल्यान्डले पानामालाई ६-१ ले हराएको छ । इंग्ल्यान्डका लागि ह्यारि केन ह्याट्रिक गरे ।
डिफेन्डर जोन स्टोन्सले आठौं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ह्यारी केनले पेनाल्टीमर्फत स्कोर २-० पारे । ३६ औं मिनेटमा जेसे लिन्गार्डको गोलमा इंग्ल्यान्डले ३ गोलको अग्रता लियो भने जोन स्टोन्सले फेरी गोल गर्दै स्कोर ४-० पारेका थिए । पहिलो हाफको इन्जुरी समयमा फेरी पेनाल्टी जित्दै केनले स्कोर ५-० पारेको हो ।
त्यस्तै दोस्रो हाफमा केनले एक गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे र प्रतियोगितामा आफ्नो पांचौं गोल दर्ता गरे । खेलको ७८ औं मिनेटमा पानामाका फिलिपे बालोयले गोल गर्दै पानामाका लागि विश्वकपमा पहिलो गोल गर्ने इतिहास रच्दै सान्तवना हात पारेको हो ।
यस जितसंगै इंग्ल्यान्ड र बेल्जियम अन्तिम १६ मा छनोट भएका छन् भने पानामा र ट्युनिसिया बाहिरिएका छन् ।