पर्सामा प्रहरीको घुमुवा हुँ भन्दै व्यापारीसंग पैसा असुल्ने कोइरी पक्राउ

रिपोर्ट नेपाल | 2023 Dec 01 | 06:22 pm 589

वीरगन्ज १५ मङ्सिर पर्सामा नक्कली घुमुवा प्रहरी( हुँ)भन्दै व्यापारीहरु संग पैसा उठाउदै आएको एकजना लाई पक्राउ गरेको छ। पर्सा प्रहरीले बाराका आदर्शा कोतवाल ८ लक्ष्मीपुरका गोबिन्द महतो कोईरीलाई व्यापारीहरु सित पैसा उठाउदै गरेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्सामा बिशेष सूचनाको प्रहरी चौकी ६ महिना देखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरु संग पैसा उठाउदै आएको सूचना आउनुको साथ प्रहरी चौकी श्रिसियाबाट बरिस्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगन्जको वडा नम्बर २३ बाट कोईरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जानकारी दिए। पक्राउ परेका कोईरीलाई नियन्त्रण लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान तथा कारवाही बढाएको पर्सा प्रहरी उपरीक्षक शाहले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.